
काठमाडौं । नेपालमा २६३६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १७२८ जना र एन्टीजेन परिक्षणबाट ९०७ जना गरि जम्मा २६३६ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ३६ हजार ९१६ रहेको छ । संक्रमित मध्ये पाँच लाख ९२ हजार ५३५ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३५ हजार ३१० रहेको छ ।
पछिल्लो २४ घण्टामा ४३४८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २० रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ९०७१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस