
काठमाडौं । नेपालमा २८९२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १८८९ जना र एन्टीजेन परिक्षणबाट एक हजार ३ जना गरि जम्मा २८९२ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका कोरोना संक्रमितमध्ये काठमाडौंका ४३६ जना, ललितपुरका १८९ र भक्तपुरमा ४७ जना रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ३५९७ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ४१ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजारको कोरोना परिक्षण गरिएको छ । कोरोना संक्रमितको हिस्सा २० वर्षदेखि ६० वर्ष उमेर समूहको रहेको छ । रोग लुकाएर नबस्न र लक्षण भएकाहरुले कोरोना परिक्षण गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
केहि दिनको तुलनामा कोरोना संक्रमितको संख्या घटेको मन्त्रालयले जनाएको छ । तर, संक्रतिको संख्या घटेपनि जोखिन भने नघटेको मन्त्रालयका भनाई छ ।
प्रतिक्रिया दिनुहोस