
एजेन्सी । भारतको चेतावनीपछि युरोपका ८ देशले कोभिसिल्ड भ्याक्सिनलाई स्विकार गरेका छने । बिहीबार युरोपका ८ देशले कोभशिल्डलाई ग्रीन सिंगनल दिएर स्वीकृत भ्याक्सिनहरूको सूचीमा समावेश गरेका छन्।
भारत र युरोपियन युनियन (इयु) बीच भ्याक्सिन स्विकृतिका बारेमा बहस चलिरहेको छ । मिडिया रिपोर्टका अनुसार स्वीकृति दिने देशहरूमा जर्मनी, स्लोभेनिया, अष्ट्रिया, ग्रीस, आइसल्यान्ड, आयरल्यान्ड, स्पेन र स्विजरल्याण्ड छन्। यसअघि बुधबार भारतले युरोपलाई चेतावनी दिएको थियो ।
युरोपेली देशहरूको मेडिकल एजेन्सी (इएमए) ले कोभशिल्ड र कोभाक्सिनलाई लगाउन स्विकृति नदिने हो भने यी देशहरूमा खोप लगाएर आएका मानिसहरुको खोपको प्रमाणपत्र पनि स्वीकार गर्दैनौं भनेको थियो । यस्तो अवस्थामा युरोपेली देशका नागरिकहरूलाई पनि भारतमा क्वारेन्टेनमा राख्ने चेनावी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस