aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

वायुसेवा निगमको ६३ औं वर्षमा, पारदर्शिता र व्यावसायिकता सहित अघि बढ्न

  • रासस
    रासस
  • विहीबार, १७ असार २०७८
वायुसेवा निगमको ६३ औं वर्षमा, पारदर्शिता र व्यावसायिकता सहित अघि बढ्न

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो ६३ औँ वार्षिकोत्सव आज सामान्य कार्यक्रमका गरी मनाएको छ । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै निगमले आफ्नै कार्यालयमा सीमित सङ्ख्याका कर्मचारीको उपस्थितिमा संक्षिप्त कार्यक्रम गरेको हो । सो अवसरमा निगमको विभिन्न जिम्मेवारीमा रहेका कर्मचारीलाई पदक र सम्मानपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा निगमका महाप्रवन्धक डिमप्रकास पौडेलले बीस वर्षे सेवा अवधि पूरा गरेका चार कर्मचारीलाई पदक र सम्मानपत्र प्रदान गरे । दीर्घसेवा पदक पाउनेमा वरिष्ठ पाइलट नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, सञ्जय वैद्य र उज्जल सिलवाल थिए । महाप्रवन्धक पौडेलले निगमका कर्मचारीले कठिन घडीमा पनि देश र जनताको लागि उल्लेखनीय सेवा दिएकोमा स¥हाना गर्दैै भविष्यमा आइपर्ने समस्यामा डटेर योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
    
महँगो ब्याजको ऋण, महँगो हवाई इन्धन र देश प्रतिकूल विमान किन्नु परेका कारण निगमले दोष बोक्नु परेको चर्चा गर्दै उनले निगमको प्रयासमा हवाई इन्धनको मूल्य घटाउन सकिएको कारण वित्तीय प्रवाहमा महत्वपूर्ण मद्दत पुग्ने बताए । महाप्रवन्धक पौडेलले नेपाल सरकारको सहयोग निरन्तर प्राप्त भएको छ र त्यसमा निगम भित्रको सामूहिक प्रयासमा जवाफदेहिता, पारदर्शिता र व्यावसायिकता सहित अघि बढ्न आव्हान गरे ।

प्रतिक्रिया दिनुहोस