aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

बन्दिपुरमा विद्युत् ,टेलिफोन,इन्टरनेट र खानेपानी सेवा अवरुद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ असार २०७८
बन्दिपुरमा विद्युत् ,टेलिफोन,इन्टरनेट र खानेपानी सेवा अवरुद्ध

तनहुँ । पर्यटकीयस्थल बन्दिपुरमा टेलिफोन, इन्टरनेट, विद्युत् र खानेपानी सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि परेको अबिरल वर्षाले  पहिरो जाँदा विद्युत्का पोल ढाल्नुका साथै खानेपानीका मुहान र पानी सङ्कलन ट््याङ्की समेत भत्काइदिएको थियो ।

 बन्दिपुर गाउँपालिका क्षेत्रका अधिकांश खेत बगरमा परिणत भएको छ । गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिका भित्र टेलिफोन,इन्टरनेट,विद्युत र खानेपानी अवरुद्ध हुँदा जनजीवन प्रभावित   भएको जानकारी दिए । 

मुकुन्देश्वरी डाँडाबाट पहिरो खस्दा खानेपानीको मुहान तथा ट्याङ्की भत्काएर  क्षति बनाएको  उनले बताए । करिब रु २० करोडको लागतमा सम्पन्न भएको छापनाहाला खानेपानी ट्याङ्की पूर्ण क्षति बनाउँदा डुम्रे बजारबासीले खानेपानीको समस्या भोग्नुपरेको छ । अविरल वर्षाका कारण बन्दिपुर–३ तामुङमा दुई जनाले ज्यान गुमाएका र तीन जना घाइते भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस