aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

स्मार्ट सेल प्रयोगकर्ताको फोनमा २ मिनेटपछि अनलिमिटेड फ्रि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १९ असार २०७८
स्मार्ट सेल प्रयोगकर्ताको फोनमा २ मिनेटपछि अनलिमिटेड फ्रि

काठमाडौं । स्मार्ट टेलिकम्युनिकेसनले नेपालमा पहिलो पटक मोबाइल फोन प्रयोगकर्ताका लागि नयाँ सेवा सार्वजनिक गरेको छ । स्मार्ट टेलिकमका ग्राहकले पहिलो २ मिनेट मुल रकमबाट कुराकानी गरेपछि अनलिमिटेड कुराकानी गर्न सकिने सुविधा ल्याएको हो । 

स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘दुईपछि फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीने र २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुने कम्पनीले जनाएको छ । 

स्मार्ट टेलिकमले यस अफरले आफ्ना प्र्रयोगकर्ताहरु माझ लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा यस अफरले आफ्ना  प्र्रयोगकर्ताहरुमा उत्साह र उमँग आउनेछ भनि विश्वास लिएको छ । 

स्मार्ट प्र्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन् । अब स्मार्ट प्र्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आप्mना प्र्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ ।  स्मार्टले यस अफरले आप्mना प्रयोगकर्ताहरुको व्यावासायिक, सामााजिक तथा व्यक्तिगत जिवनमा टेवा पुग्ने कम्पनीले जनाएको छ । 

यस अफर प्रयोग गर्न स्मार्ट प्र्रयोगकर्ताहरुले निःशुल्क  *१४१*१*५*१# डायल गर्नु सक्नु हुनेछ ।  स्मार्ट टेलिकमले विगतका समयमा पनि आफ्ना ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकहरुमा पनि धेरै सुविधा रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   

प्रतिक्रिया दिनुहोस