काठमाडौं । नेपालमा १६०३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १०४२ जना र एन्टिजन परिक्षण गर्दा ५६१ जना गरि जम्मा १६०३ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका कोरोना संक्रमितमध्ये काठमाडौंका ३४२ जना, ललितपुरका ८८ जना र भक्तपुरका ३१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २५५२ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २७ हेको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३५ लाख ७२ हजार ७९२ जनाको कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएको मध्ये ६ लाख ४२ हजार जना भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालका कोरोना संक्रमणदर १९ प्रतिशत रहेको छ । २० वर्ष देखि ६० बर्ष उमेरसमूहका मानिसहरुका सबैभन्दा बढी कोरोना संक्रमण भएको छ ।
प्रतिक्रिया दिनुहोस