aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

इसेवा मनि ट्रान्सफर र युकेको सिफ्ट सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ असार २०७८
इसेवा मनि ट्रान्सफर र युकेको सिफ्ट सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । पछिल्ला दिनमा व्यापक रूपले रेमिट्यान्स बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका ५० भन्दा बढि देशहरूबाट सहजै रेमिट्यान्स पठाउन सकिन्छ । 

विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा  तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् ।

नेपालीहरुले सिफ्ट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै  एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिनेछ । साथै सिधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस