aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थपिए २९७९ जना नयाँ कारोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ असार २०७८
थपिए २९७९ जना नयाँ कारोना संक्रमित

काठमाडौं । नेपालमा २९७९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०७७ जना र एन्टिजन परिक्षण गर्दा ९०२ जना गरि जम्मा २९७९ जना नयाँ संक्रमित थपिएका हुन् ।      

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ९७४ रहेको छ । संक्रमित मध्ये ६ लाख १४ हजार ३२७ जना निको भएर घर फर्किसकेका छन् ।   

पछिल्लो २४ घण्टामा १३३३ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २८ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ९२९१ पुगेको छ ।  

मन्त्रालयका अनुसार गत एक हप्ताको तथ्यांक हेर्दा नेपाल लगायत छिमेकी मुलुकहरुमा कोरोना संक्रमण घट्दै गएको छ । साथै, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि घट्दै गएको छ ।  

प्रतिक्रिया दिनुहोस