aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

विदेशबाट ट्रेकिङका लागि आउनेले यो नियम पालना गर्न पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ असार २०७८
विदेशबाट ट्रेकिङका लागि आउनेले यो नियम पालना गर्न पर्ने

काठमाडौं । विदेशबाट नेपालमा पदयात्राका लागि आउने विदेशका लागि नेपाल ट्रेकिङ एजेन्स एसोसिएसन (टान)ले नियम बनाएको छ । टानले जारी गरेको नयाँ निमयमा सरकारले बनाएको कोरोना भाइससम्बन्धी मापदण्डलाई आधार बनाएर नियम बनाएको हो । 

विदेशीको भिसाका लागि पदयात्रीको पासपोर्ट प्रतिशलिपी, नेपालमा आउने मिति, पदयात्रा तालिका, अन्तराष्ट्रिय हवाइ टिकटको तालिका, नेपालमा ७ दिनको होटल बुकिङ गरेको कागजात, नेपाली कर्मचारीहरुको नामावाली रहेको छ । 

त्यस्तै, गाइड÷पोर्टर कर्मचारीको हकमा कम्तिमा प्रतिव्यक्ति एक लाख कोरोना बीमा गरेरेको कागजा, पदयात्री यात्रा बीमा, ट्रेकिङ कम्पनी कागजातको अध्यावधिक प्रतिलिपी र करचुक्ता सम्बन्धी कागजात प्रतिलिपि आवश्यक पर्ने टानले बताएको छ । विदेशमा नै खोप लगाएकाले पनि ७ दिन क्वारेन्टाइनमा बस्ने पर्ने नियम रहेको छ । 

प्रतिक्रिया दिनुहोस