aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

उत्तर कोरियाभन्दा पनि कमजोर नेपालको पासपोर्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ असार २०७८
उत्तर कोरियाभन्दा पनि कमजोर नेपालको पासपोर्ट

काठमाडौं । नेपालको पासपोर्ट उत्तर कोरियाको पासपोर्टभन्दा पनि कमजोर देखिएको छ । हनली पासपोर्ट इन्डेक्समा नेपालको पासपोर्ट प्रयोग गरेर ३८ देशमा मात्र सहिजलै अनलाइन भिसा दिनसक्छ भने उत्तर कोरियाको पासपोर्ट वहाकलाई ३९ देशले अनअराइभल भिसा दिने गरेको छ । 

विश्वभरीका पासपोर्टहरुमध्ये जापानको पासपोर्ट सबैभन्दा बलियो देखिएको छ । जापानको पासपोर्ट बहाकले १९३ देशमा अनअराइभल भिसा पाउने गरेका छन् । त्यस्तै, सिंगापुरको पासपोर्ट वहाकले १९२ देशमा अनअराइभल भिसा पाउने गरेका छन् । त्यस्तै, जर्मन र दक्षिण कोरियाको पासपोर्ट वहाकले १९१ देशमा अनअराइभल भिसा पाउने गरेका छन् । 

फिण्डल्याण्ड, डेनमार्कको पासपोर्ट वहाकले १८९ देश, अट्रिया, आरल्याण्ड, नेदरल्याण्ड, पार्चुगल, स्वडेनको पासपोर्ट बहाकले १८८ देशमा अनअराइभल भिसा पाउने गरेका छन् । बेल्जियम, न्यूजील्याण्ड, स्विजरल्याण्ड, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकाको पासपोर्ट वहाकले १७७, चेक गणराज्य, ग्रीस, माल्टा, नर्वे १५५ देश,  अष्ट्रेलिया, क्यानडा १८५ मा अनअराइभल भिसा पाउने गरेका छन् । 

त्यस्तै सबैभन्दा खराब पासपोर्ट बहाक भएका  उत्तर कोरिया, नेपाल, प्यालेस्टिनी,  सोमालिया, यमन, पाकिस्तान,  सिरिया, इराक, अफगानिस्तान लगायतका देशहरु रहेका छने । त्यस्तै , भारतको पासपोर्ट वहाकहरुको भने गत वर्षभन्दा पनि ६ स्थान तल झरेर ८४ देशबाट ९० देशमा मात्र अनआराइभल भिसा लाग्ने गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस