aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

आन्तरिक उडानमा कोटा प्रणाली खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ असार २०७८
आन्तरिक उडानमा कोटा प्रणाली खारेज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको कोटा प्रणाली हटाउने निणर्य भएको छ । मन्त्रीपरिषदले यसभन्दा पहिला ५० प्रतिशत मात्र वायु सेवाको उडान कोटा प्रणालीबाट आन्तरिक हवाई सञ्चालन गर्ने अनुमति दिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार बाढी पहिरोका कारण सडक यातायात प्रभावित भएपछि कोटा प्रणाली हटाइएको उनले बताए । 

मन्त्रीपरिषदको निर्णयबाट आउँदो  अब आइतबारदेखि ५० प्रतिशत उडानको सीमा हट्ने प्रवक्ता क्षेत्री बताउँछन । वायुसेवा कम्पनीमा देशीभरीका यात्रुको चाप परेको भन्दै उडान संख्या थप्न माग गर्दै आएको उनले बताए । उडान संख्या कम हुँदा टिकट पनि महगो भएको गुनासमहङ्गो भएको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।

उनले भने, “ तर, सबै उडान खोलेपनि विमान स्थल र विमान सञ्चालकहरुसँगको छलफल पछि त्रिभुवन विमान स्थलको भिड व्यवस्थापन गर्न नयाँ रणनीति बन्ने छ । अब दैनिक यति नै संख्यामा उडान गर्ने भनि संख्या तोकिएको छैन । चाहिने जति संख्या थप गर्न सक्ने अधिकार वायुसेवा कम्पनीलाई दिएका छौं ।” 

प्रतिक्रिया दिनुहोस