aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थपिए २२३९ जना नयाँ कारोना संक्रमित, २० जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ असार २०७८
थपिए २२३९ जना नयाँ कारोना संक्रमित, २० जनाको मृत्यु

काठमाडौं । नेपालमा २२३९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४७९ जना र एन्टिजन परिक्षण गर्दा ७६० जना गरि जम्मा २२३९ जना नयाँ संक्रमित थपिएका हुन् ।           

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ५२ हजार ८५९ रहेको छ । संक्रमित मध्ये ६ लाख १६ हजार ९२९ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २६ हजार ५९० रहेको छ ।  
        
पछिल्लो २४ घण्टामा १३१६ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २० रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ९३४० पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस