aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थपिए २३७० जना नयाँ कारोना संक्रमित, १८ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ असार २०७८
थपिए २३७० जना नयाँ कारोना संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा २३७० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १६९० जना र एन्टिजन परिक्षण गर्दा ६८० जना गरि जम्मा २३७० जना नयाँ संक्रमित थपिएका हुन् ।           

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ रहेको छ । संक्रमित मध्ये ६ लाख २१ हजार २७ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २६ हजार ७१२ रहेको छ ।  

पछिल्लो २४ घण्टामा १५३३ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १८ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ९४०० पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस