
काठमाडौं । नेपालमा २९०५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०१० जना र एन्टिजन परिक्षण गर्दा ८९५ जना गरि जम्मा २९०५ जना नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पत्ता लाग्नेदर १९.२ प्रतिशत रहेको छ । यसले गर्दा संक्रमणको जोखिम घटेको छैन । अझै पनि धेरै जिल्लामा सक्रिय संक्रमितको संख्या धेरै नै रहेको छ । तर, यो संख्या कम हुँदै गएको छ ।
पछिल्लो २४ घण्टामा १६ सय भन्दा बढी जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १८ रहेको छ । हालसम्म कोरोना संक्रमितको संख्या ७ लाख ६ हजार ७६१ रहेको छ भने ६ लाख २४ हजार जना निको भएर घर फर्किसकेको छन् । त्यस्तै, हालसम्म ९४३० जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकाका तीनै जिल्लाका सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, मन्त्रालयका अनुसार निषेधाज्ञा बढेसंगै कोरोना संक्रमण पनि बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस