काठमाडौं । स्मार्ट टेलिकमले अन्तराष्ट्रिय कलको प्याकेज सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय कलहरुमा ३० प्रतिशतसम्म आकर्षक छुट दिएको कम्पनीले जनाएको छ । स्मार्ट टेलिकमले अन्तर्राष्ट्रिय कलहरू बढी किफायती र यसको प्रयोगकर्ता आधारमा पहुँचयोग्य बनाउन यस्तो योजना सार्वजनिक गरको कम्पनीले जनाएको छ ।
अब भारत, चीन, दक्षिण कोरिया, अष्ट्रेलिया, बेलायत, जापान जस्ता गन्तव्यहरू युएसए/क्यानडाको दर १.९९ पैसामा कल गर्न सकिने भएको छ । यो नयाँ प्याकेजको निःशुल्क रुपमा *141*8*1*1# डायल गरेर सुचारु गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस