aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

पाटा नेपाल च्याप्टरद्वारा पर्यटन क्षेत्रको लागि निःशुल्क “हस्पिट्यालिटी ट्रेनिङ्ग” सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ असार २०७८
पाटा नेपाल च्याप्टरद्वारा पर्यटन क्षेत्रको लागि निःशुल्क “हस्पिट्यालिटी ट्रेनिङ्ग” सुरु

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले निःशुल्क तीन महिनाको टिप्सी– अनलाइन लर्निङ्ग प्लेटफर्म प्रीमियम पहुँचको साथ प्रदान गर्ने तालिम अभियान सुरु गरेको छ । पाटाले सम्पूर्ण नेपाली पर्यटन तथा हस्पिट्यालिटी व्यवसाय, विद्यालय वा संस्थाहरुमा आबद्ध असीमित प्रयोगकर्ता वा सरोकारवालाहरूले प्रयोग गर्न मिल्ने गरी  निःशुल्क तीन महिनाको टिप्सी– अनलाइन लर्निङ्ग प्लेटफर्म प्रीमियम पहुँचको साथ प्रदान गर्ने तालिम अभियान सुरु गरेको हो । 

पाटा नेपालका सीईओ–सुरेश सिंह बुडाल र टिप्सीका एशियाप्याशिफिक क्षेत्रीय निर्देशक–टोनी बोल्फले नेपालको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग गर्ने उद्धेश्यले जुलाई १२ तारेख २०२१ मा “हस्पिट्यालिटी ट्रेनिङ्ग– द रोड टु रिकभरी एण्ड बियोण्ड“ नामक साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।   

टिप्सी एक  विश्वका सर्वश्रेष्ठ पर्यटन एवं  हस्पिट्यालिटी  प्रोफेशनलहरु र  विश्व–विख्यात प्रशिक्षकहरूद्वारा निर्मित पाठ्यक्रम सहित पर्यटन र  हस्पिट्यालिटी उद्योग को लागी अनलाइन शिक्षा प्रदान गर्ने  एक विशिष्ट प्लेटफर्म हो ।  उक्त प्लेटफर्मले कम्प्लाइन्स, व्यवसाय, व्यवस्थापन, पेय पदार्थ, पाक कला , होटल र सेवासँग सम्बन्धित १००० भन्दा बढी अनलाइन पाठहरूमा असीमित पहुँच प्रदान गरिरहेको छ ।    

नेटफ्लिक्स शैलीमा निर्माण गरिएको टिप्सी लाइब्रेरीले पर्यटन एवं हस्पिट्यालिटी क्षेत्रमा आबद्ध तथा ईच्छुक प्रोफेशनलहरुलाई सीप विकास गर्न, दक्षता निर्माण गर्न, आत्मविश्वास बढाउन र  आफ्नो प्रोफेशनल अभिरुची खोज एवं अभिवृद्धि गर्न प्रोत्साहित गर्नेगरी डिजाइन गरिएको छ । टिप्सीमार्फत शिक्षार्थीहरूले उनीहरूको पाठ र पाठ्यक्रमहरूमा तत्काल पहुँच प्राप्त गर्न सक्दछन् जसमा डाउनलोड गर्न मिल्ने सामाग्रीहरु, हिज्जे, र विश्वव्यापी रूपमा “द इन्ष्टिच्यूट अफ हस्पिट्यालिटी“ द्वारा अनुमोदित एवं स्वीकृत सर्टिफिकेटहरु प्राप्त गर्दछन ।  
 

प्रतिक्रिया दिनुहोस