
काठमाडौं । नेपालमा निषेधाज्ञा खुकुलो भएसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ जनाको कोरोनाको कारण मृत्यु भएको छ । हिजो बिहिबार ३३ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
त्यस्तै, नेपालमा २९३६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २००६ जना र एन्टिजन परिक्षण गर्दा ९३० जना गरि जम्मा २९३६ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १७७५ भन्दा बढी जना कोरोनामुक्त भएका छन् ।
त्यस्तै, हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ६४ हजार ५७६ रहेको छ भने ६ लाख २८ हजार २४३ जना निको भएर घर फर्किसकेको छन् । त्यस्तै, हालसम्म ९५०६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस