aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

काठमाडौंमा खोप कार्यक्रम स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ साउन २०७८
काठमाडौंमा खोप कार्यक्रम स्थगित

काठमाडौं । काठमाडौँ जिल्लामा खोप कार्यक्रम स्थगित भएको छ। कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको हो । 

स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले सूचना जारी गर्दै भनेका छन् –कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान मिति २०७८/०३/२९ गतेदेखि मिति २०७८/०४/०२ गतेसम्‍म सञ्‍चालन गर्ने भनिएकोमा स्वास्थ्य कार्यालय, काठमाडौंमा हाल मौजुदा रहेको भेरोसेल खोपको मौज्दात समाप्त भएको हुँदा अब अर्को सूचना नभएसम्‍मको लागि मिति २०७८/०४/०२ गतेको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम काठमाडौं जिल्लामा स्थगन गरिएको व्‍यहोरा सबैको जानकारीको लागि हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस