
काठमाडौं । २४ घण्टामा १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनामा परीक्षण गरिएको थियो भने यो अवधिमा २१६४ जना संक्रमण मुक्त भएका छन । नेपालमा ९४.६७ प्रतिशत निको भएका छन् ।
यस्तै देशभर कोरोनाबाट थप २१ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ। हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख नाघेको छ ।
प्रतिक्रिया दिनुहोस