aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थपिए १८०१ जना नयाँ कारोना संक्रमित, १६६७ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ साउन २०७८
थपिए १८०१ जना नयाँ कारोना संक्रमित, १६६७ जना निको भए

काठमाडौं । नेपालमा १८०१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२२३ जना र एन्टिजन परिक्षण गर्दा ५७८ जना गरि जम्मा १८०१ जना नयाँ संक्रमित थपिएका हुन् ।           

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार १०९ रहेको छ । संक्रमित मध्ये ६ लाख ३२ हजार ७४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २५ हजार ४८५ रहेको छ ।   

पछिल्लो २४ घण्टामा १६६७ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २३ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ९५५० पुगेको छ ।   

प्रतिक्रिया दिनुहोस