
काठमाडौं। एक डोज मात्र हान्दा हुने अमेरिकाबाट कोभ्याक्स सुबिधा मार्फत सहयोगमा प्राप्त जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा आजदेखि लगाइँदै छ। अमेरिकाबाट गत सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो।
गत मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा बसेको कोभिड-१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने जनाएको छ। मन्त्रालयले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत दिने निर्णय गरेको छ।
यी हुन् काठमाडौंका खोप केन्द्र :
प्रतिक्रिया दिनुहोस