
काठमाडौं । नेपालमा २४४५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १६४२ जना र एन्टिजन परिक्षण गर्दा ८०३ जना गरि जम्मा २४४५ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ६८ हजार ७५१ रहेको छ । संक्रमित मध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २५ हजार ८३७ रहेको छ ।
पछिल्लो २४ घण्टामा १२५८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३२ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ९५८२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस