aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

फेरि बढ्न थाले कोरोना संक्रमित, थपिए ३१०८ जना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ साउन २०७८
फेरि बढ्न थाले कोरोना संक्रमित, थपिए ३१०८ जना

काठमाडौं । नेपालमा निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१०८ जनाको कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२०२ जना र एन्टिजन परिक्षण गर्दा ९०६ जना गरि जम्मा ३१०८ जना नयाँ संक्रमित थपिएका हुन् ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ भने १५९५ जना कोरोनामुक्त भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस