aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थपिए २८३८ जना नयाँ कारोना संक्रमित, ३० जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ साउन २०७८
थपिए २८३८ जना नयाँ कारोना संक्रमित, ३० जनाको मृत्यु

काठमाडौं । नेपालमा २८३८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १९१८ जना र एन्टिजन परिक्षण गर्दा ९२० जना गरि जम्मा २८३८ जना नयाँ संक्रमित थपिएका हुन् ।   

आज थपिएको संक्रमितको संख्यामध्ये भक्तपुरमा ७८, ललितपुरमा १२८ र काठमाडौंमा ४९० जना रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १४७५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३० रहेको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणदर १९.२ रहेको छ । कोरोना संक्रमणको परिक्षणको दायरा बढाउनु पर्ने भएको छ ।          
 

प्रतिक्रिया दिनुहोस