aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बल्ल तात्यो राष्ट्र बैंक, ह्याकरको धम्कीपछि बैंकहरुसँग छलफलमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ साउन २०७८
बल्ल तात्यो राष्ट्र बैंक, ह्याकरको धम्कीपछि बैंकहरुसँग छलफलमा

काठमाडौं । नेपाल राष्ट्र बैंककै समेत नाम किटान गरेर सिस्टम ह्याक गर्ने धम्की आएपछि त्यसको अनुगनमा केन्द्रीय बैंक सक्रिय बनेको छ । बुधबार धम्कीपत्र प्राप्त भएसँगै ह्याकरको निसानामा परेको बैंक र बैंकहरुको चेक डिजिटलाइज्ड गर्ने नेपाल क्लियरिङ हाउस समेत लगातार छलफल र प्रणाली अनुगमनमा जुृटेका हुन ।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधान अनुसार बुधबारदेखि ह्याकरले सूचीमा सबै सरोकारवालाहरु चनाखोपूर्ण अबस्थामा रहेका छन् । उनीहरु राष्ट्र बैंकका उच्च अधिकारीहरुसँगको छलफल र जाखिममा पर्न सक्ने विभागहरु माथिको निगरानीलाई निरन्तरता दिइरहेका छन् । 

विहीबार विहानैदेखि राष्ट्र डेपुटी गभर्नर, विभिन्न बैंकका सूचना प्रविधि प्रमुख र राष्ट्र बैंकको सूचना प्रविधि विभाग समेत सम्भावित जोखिम न्यूनिकरण गर्ने उपायको खोजि गर्न व्यस्त छन् । त्यसो त कडा चेतावनीपूर्ण धम्की आएपनि कति पय बैंकका उच्च तहमा बसेकाहरुले ने यसलाई त्यति गम्भिर रुपमा नलिइएको पनि देखिएको छ । 

चोरले सूचना दिएर चोदैन भन्ने तर्क गर्दै उनीहरुले यस विषयमा गम्भिरता नदेखाएका हुन । तर, बैंकिङ सूचना प्रविधि विज्ञले भने नेपालको बैंकिङ क्षेत्रमा प्रयोग भइरहेको प्रणाली सुरक्षाको हिसावले गुणस्तरिय नभएका कारण यस्ता धम्कीलाई हल्का रुपमा लिन नहुने बताएका छन् । बैंकिङ सूचना प्रविधि विज्ञ दिवस न्यौपानेका अनुसार पूर्वसूचना दिएर समेत प्रणालीलाई कब्जा गर्न सक्छन् । त्यसैले हामी सचेत बन्नु जरुरी रहेको उनको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस