काठमाडौं । नेपालमा २९७७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १९८२ जना र एन्टिजन परिक्षण गर्दा ९९५ जना गरि जम्मा २९७७ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १६७८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १८ रहेको छ । हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ भने ६ लाख ३९ हजार ३६८ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस