aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, उपत्यकाको काठमाडौंमा सबैभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ साउन २०७८
कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, उपत्यकाको काठमाडौंमा सबैभन्दा बढी

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ हजार ९ सय १० जनामा कोरोना टेष्ट गर्दा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षण गर्दा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, २१९७ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा पनि कोरोना सक्रमणका विरामी बढ्न थालका छन् । पछिल्लो २४ घण्टामा ६१५ जनामा कोरोना पोजेटिभ पुष्टि भएका छन् । काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जनामा कोरोना संक्रमण भएको छ । 

प्रतिक्रिया दिनुहोस