
काठमाडौं । फोन कल स्थापित हुनेमा स्मार्ट टेलिकमले नेपाल टेलिकमलाई उछिनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनमा एनसेल पहिलो नम्बरमा, दोस्रोमा स्मार्ट टेलिकम र तेस्रोमा नेपाल टेलकमबाट फोन गर्दा कल स्थापित वा लाग्ने गरेको हो
प्राधिकरणले तीन महिनाको तथ्यांकका आधारमा काठमाडौं, ललितपुर र भक्तपुरमा गरेको अध्ययनमा अध्ययनले यस्तो तथ्य देखाएको हो । प्राधिकरणले अध्ययनमा कल अवधि ४० सेकेन्डलाई आधार मानेको थियो । अध्ययन समयमा टेलिका सेवा प्रदायकको आफ्नै नेटवर्कभित्र लोकल कल गरिएको अध्ययनमा उल्लेख छ ।
कल स्थापना हुने सफलताको दरमा एनसेले ९४.४३ प्रतिशत, नेपाल टेलिकमले ९०.४१ प्रतिशत र स्मार्ट टेलिकमले ८४.४७ प्रतिशत फोनकल सफल भएका थिए । त्यस्तै, फोनकल वा सम्पर्क विच्छेदमा नेपाल टेलिकमको ०.८७ प्रतिशत र स्मार्ट टेलिकमको ०.४५ प्रतिशत रहँदा एनसेलमा भने ०.२ प्रतिशत मात्रै देखिएको छ ।
अध्ययनमा नेपाल टेलिकमको नेटवर्क भित्र ९.३४ सेकेन्डभित्र कल स्थापना भएको थियो । भने स्मार्ट टेलिकममा १०.२७ सेकेन्ड लागेको थियो । तर एनसेलमा भने ५.७ सेकेन्डमै कल स्थापना हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस