aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

असोज १५ सम्ममा कोरोनाको तेस्रो लहर आउन सक्छः स्वास्थ्य मन्त्रालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ साउन २०७८
असोज १५ सम्ममा कोरोनाको तेस्रो लहर आउन सक्छः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर चाडै आउनसक्ने प्रक्षेपण गरेको छ । मन्त्रालयले सोमबार असोज १५ देखि कोरोना भाइरसको संक्रमण फेरि उच्च विन्दुतर्फ जान सक्ने जनाएको हो । 

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै मन्त्रालयका प्रतिनिधले असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने बताएका हुन् । 

सो बैठकमा मन्त्रालयका सहसचिव गंगा लोहनीले मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावनालाई आँकलन गरिएको बताए । उनले भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाको स्तरले यसलाई अगाडि वा पछाडि धकेल्नसक्ने जानकारी दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस