aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बढ्न थाल्यो कोरोना संक्रमितको संख्या, आज थपिए ३४२१ जना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ साउन २०७८
बढ्न थाल्यो कोरोना संक्रमितको संख्या, आज थपिए ३४२१ जना

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसंगै देशभर कोरोना भाइरसको संक्रमितको संख्या बढ्न थालेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३४२१ जना नयाँ संक्रमित थपिएका छन् । हिजो आइतबार देशभर २२३४ जना नयाँ संक्रमित थपिएका थिए ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३९१ जना र एन्टिजन परिक्षण गर्दा १०३० जना गरि जम्मा ३४२१ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल्लो २४ घण्टामा १६८६ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २५ रहेको छ ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ९४७ हजार रहेको छ । संक्रमित मध्ये ६ लाख ४५ हजार ३०१ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २७ हजार ९०८ रहेको छ ।   

प्रतिक्रिया दिनुहोस