काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी असोज १५ सम्ममा बढ्ने भनेर प्रक्षेपण सार्वजनिक गरेकै दिन अर्को कडा निर्देशन जारी गरेको छ । मन्त्रालयले सातै वटा प्रदेशका सामाजिक मन्त्रालयलाई सोमबार अक्सिजन व्यवस्थापन सम्बन्धि निर्देशन दिएको हो ।
मन्त्रालयले निर्देशनमा भनेको छ– जनस्वास्थ्यको मापदण्डको पालना र निषेधाज्ञाका बावजुद पनि कोरोना भाइरसको संक्रमणदरमा कमी आएको देखिदैन । विगतका दिनहरुमा जस्तै संक्रमणदर तिव्ररुपमा बढ्न गई पुनः अर्को लहर देखिन सक्छ ।
त्यसैले त्यसको तयारी स्वरुप अक्सिजनको व्यवस्थापनको लागि मन्त्रालयले निर्देशन जारी गरेको हो । जसमा भविष्यमा आउन सक्ने सम्भावित चुनौतिलाई सामाना गर्न हरेक प्रदेशले एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न भनिएको छ ।
त्यस्तै, प्रदेश आपूर्ति केन्द्रमा अक्सिजन ट्यांक र अक्सिजन कन्सन्ट्रेटरहरु पनि चालू र चुस्त अवस्थामा राख्न मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस