
काठमाडौं । तारा एयरको विमान रामेछापमा दुर्घटना भएको छ । तारा एयरको विमान ल्याण्ड गर्ने क्रममा भएको दुर्घटनामा यात्रु सबै सकु्ल रहेको जानकारी आएको छ । प्रत्यक्ष दर्शीका सूर्यमणी राईका अनु्सार विमानको अगाडिको टायर पन्चर हुँदा विमान स्थलमा ठूलो आवाज आएको बताए ।
विहान रामेछापबाट उड्ने क्रममा धावन मार्गमा दुर्घटना भएको छ । क्षतीको बारेमा थप जानकारी आउन बाँकी रहेको छ । धावन मार्गमा टायर पन्चर भएर धावन मार्गमा चिप्लीएको तारा एयरले जनाएको छ । तारा एयरको ९९ ए ट्इनेटर विमान दुर्घटना भएको हो ।
विमान धावन मार्गमा टायर पन्चर भएर अलपत्र परेपछि अन्य विमानहरु उड्न सकेका छैनन् । विमान स्थलमा लुक्ला हिडेका पर्यटकहरु अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस