काठमाडौं । निषेधाज्ञा खुकुलो भएसंगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्यामा निरन्तर बृद्धि भइरहेको छ । विगत दुई दिनको तथ्यांक हेर्ने हो भने संक्रमित थपिने संख्या तीन हजार माथी रहेको छ ।
पछिललो २४ घण्टामा नेपालमा ३८९९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २७२६ जना र एन्टिजन परिक्षण गर्दा ११७३ जना गरि जम्मा ३८९९ जना नयाँ संक्रमित थपिएका हुन् । सोमबार पनि नेपालमा ३४२१ जना नयाँ संक्रमित थपिएका थिए ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ८५ हजार ६७३ हजार रहेको छ । संक्रमित मध्ये ६ लाख ४७ हजार ७९ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २८ हजार ८३६ रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १७७८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २० रहेको छ ।
प्रतिक्रिया दिनुहोस