aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ उपहार योजना सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ साउन २०७८
फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ उपहार योजना सार्वजनिक

काठमाडौं । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’उपहार योजना सार्बजनिक गरेको छ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको हो । 

फोनपेको नेटवर्कमा आवद्ध भैसकेका र आवद्ध हुन चाहने साना–ठूला सबै व्यावसायलाई समेट्ने यो योजना श्रावण १३ गतेदेखि तीन महिनासम्म सञ्चालन हुनेछ । यस योजनामा हरेक दिन क्यूआर आर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँजित्न सक्नेछन् । यस योजनामा फोनपे मार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ । 

यस योजनामा सहभागि हुनका लागि फोनपे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोनपे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ । फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरि आफ्नो व्यवसायको प्याननम्बर मार्फत आफै रजिष्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिनेछ ।

यस योजनामा हरेक दिन विहान १२ बजे देखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुने छन् । यो योजनाका विजेता लक्की ड्र मार्फत छनोट गरिनेछ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजिनेसको फेशबुक लाइभ मार्फत  गरिने छ । योयोजनामा फोनपे मार्फत धेरै भन्दा धेरै कारोबार गर्ने व्यवसायीहरुले जित्ने सम्भावना बढी रहन्छ ।
 

प्रतिक्रिया दिनुहोस