aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

‘मसल एण्ड फिटनेस’ म्यागजिनका लागि प्रतिष्पर्धा गर्दै उत्सव सिंह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ साउन २०७८
‘मसल एण्ड फिटनेस’ म्यागजिनका लागि प्रतिष्पर्धा गर्दै उत्सव सिंह

काठमाडौं । उत्सव सिंह ‘मसल एण्ड फिटनेस’ म्यागजिनको आवरणमा आउनका लागि प्रतिष्पर्धा गर्दै छन् । यो अमेरिकामा शारीरिक सुगठन र फिटनेस जीवनशैलीको दुनियामा एक प्रतिष्ठित पत्रिका हो । कैयौं पहलमान, कलाकार, सार्वजनिक व्यक्तित्वहरु यसको आवरणमा हरेक महिना प्रकाशित हुने गर्छन् । यो म्यागजिन नै उनीहरुको व्यावसायिक जीवनको कोसेढुंगा हुने गर्दछ ।

उत्सवको जन्म प्राकृतिक सुन्दरताले भरिपूर्ण पहाडी शहर तानसेनमा र हुर्काई मध्य दक्षिण नेपालको बुटवलमा भएको थियो । छ कक्षा पढ्ने बेलैमा आफ्ना पिताको प्रेरणाले उनी शारीरिक सुगठनको दुनियामा तानिएका थिए । तत्पश्चात शारीरिक सुगठन उनको रुचि नै बन्यो । उत्सव सात वर्षअघि अमेरिका सरे र हाल ड्यालस, टेक्सासमा बस्दै आएका छन् । 

अमेरिकामा यस प्रतिष्पर्धामा सहभागी भएर प्रतिष्पर्धामा उत्रिएका नेपाली उत्सव मात्र हुन् । क्वाटरफाइनलमा आठ प्रतिष्पर्धीमध्ये उत्सव पहिलो भएका थिए भने अहिले उनी अरु चारजना सहित सेमीफाइनलमा प्रतिष्पर्धा गरिरहेका छन् ।  

विदेशी भूमिमा उनको पहिलो उपलब्धि भनेको अगस्त २४ २०१९ मा मेरिल्याण्डको लौरेलमा एनपीसी क्यापिटल ग्रयाण्ड प्रिक्सको आयोजनामा भएको प्रतिष्पर्धामा स्वर्ण पदकको जित हो । हालसालै उत्सवले प्रोफेसनल नेचुरल बडीबिल्डिंग एसोसियसन (पीएनबीए)को आयोजनामा मेन्स फिजीक ओपन र मेन्स फिजीक नोविस अन्तर्गत दुईओटा स्वर्ण पदक जितेका छन् । यस प्रतिष्पर्धालाई मिस्टर युएसए प्रो क्वालीफायर भनिएको थियो र टेक्सासको एलेनमा जुलाई ३ मा सम्पन्न भएको थियो । यस जितले उनलाई प्रो कार्ड प्राप्त गर्न र प्रो एथेलेट बन्न सघाएको थियो ।

उत्सवले आफ्नो समर्थनमा भोट गरेर नेपालको नाम अन्तराष्ट्रिय मंचहरुमा चम्काउन सादर अनुरोध गरेका छन् । यो एक अनलाइन भोटिंग हो । उनलाई भोट गर्न https://featured.muscleandfitness.com/2021/utsav-sing लिंकमा गएर हरेक चौबिस घन्टामा ‘फ्री डेली भोट’ लाई सेलेक्ट गर्न सकिनछ । प्रतिष्पर्धा ५ अगस्ट २०२१ मा सकिँदैछ ।  

प्रतिक्रिया दिनुहोस