aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

थप ३,१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ साउन २०७८
थप ३,१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो ।

कुल १३ हजार ५१९ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यसबीच थप २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना कोरोनाबाट मुक्त भएका छन्। 

प्रतिक्रिया दिनुहोस