aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कोरोना खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क नलिनूः स्वास्थ्य मन्त्रालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ साउन २०७८
कोरोना खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क नलिनूः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरूद्धको खोप लगाएको प्रमाण पत्र वितरण गर्दा शुल्क नलिन सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ। आइतबार सूचना जारी गर्दै मन्त्रालयले केही अस्पतालहरूले खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क लिने गरेको जनगुनासो आएको भन्दै ती अस्पताललाई शुल्क नलिन भनेको हो । 

केहि अस्पतालले खोप लगाएको प्रमाणिकरण गर्दा शुल्क लिएको जन गुनासो बढेकोले कोरोना विरुद्धको खोप लगाएको प्रमाणिकरण कार्य निशुल्क गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो । हाल टेकु, पाटन, सिभिल र एपिएफ अस्पतालले खोप लगाएको प्रमाण पत्र वितरण गरिरहेको छन् ।  

पछिल्लो समय विभिन्न देशहरूले बाहिरबाट आउने कामदार र नागरिकलाई खोप अनिवार्य गरेपछि अहिले खोप लगाएको प्रमाण पत्र लिनेको संख्या बढेको छ। खोप लगाएपछि विदेशमा जाँदा क्वारेन्टिन बस्नु नपर्ने भएपछि अहिले सबै कामदारहरूले खोप लगाएको प्रमाण पत्र लिने गरेका हुन्। 

 

प्रतिक्रिया दिनुहोस