काठमाडौं । पछिल्लोे २४ घण्टामा नेपालमा २५६८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १९८१ जना र एन्टिजन परिक्षण गर्दा ५८७ जना गरि जम्मा २५६८ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २०२० जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १८ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ रहेको छ ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० जना रहेको छ । संक्रमित मध्ये ६ लाख ५६ हजार १९७ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस