aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

काठमाडौं महानगरपालिकामा खोप कार्यक्रम स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ साउन २०७८
काठमाडौं महानगरपालिकामा खोप कार्यक्रम स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । मौज्दात गरिएको कोभिडविरुद्ध लगाइने खोप काठमाडौं महानगरपालिकामा सकिएपछि खोप कार्यक्रम स्थगित भएको हो । 

महानगरपालिकाको सहरी विभाग प्रमुख हरि कुँवरका अनुसार १४ गतेदेखि १७ गतेसम्म ४५ वर्ष उमेर समूहका माथिकालाई लगाइएको खोप सकिएकाले स्थगित गर्नुपरेको हो । खोप कार्यक्रम चार दिनसम्म सञ्चालन भएको थियो ।  

अर्को सूचना जारी नभए सम्म खोप कार्यक्रम स्थगित भएको काठमाडौं महानगरले जनाएको छ ।  


 

प्रतिक्रिया दिनुहोस