
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३१२५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२७९ जना र एन्टिजन परिक्षण गर्दा ८४६ जना गरि जम्मा ३१२५ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १९२५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ रहेको छ ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ जना रहेको छ । संक्रमित मध्ये ६ लाख ५८ हजार १२२ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस