
काठमाडौं । वैदेशीक रोजगारीमा जानेहरुको खोप प्रमाणीकरण अब जिल्लाबाट नै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरिय निर्णयबाट खोप कार्ड प्रमाणीकरण जिल्ला स्थित अस्पतालहरुबाट गर्ने निर्णय भएको हो ।
खोप कार्डका आधारमा जिल्लाका ५० शैयामाथिका सम्पूर्ण अस्पतालबाट हुने मन्त्रालयले जनाएको छ । सरकारी अस्पतालबाट खोप लगाएको प्रमाणीकरण अस्पतालमा बढीमा २ जना फोकल पर्सन तोकि निशुल्क प्रमाणीकरण गर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
साथै भदौ १ गतेदेखि विदेश जाने नागरिकका लागि सूचना प्रमाणीकरण प्रि रजिष्ट्रेसन प्रणाली क्यूआर कोड मार्फत सूचना उपलब्ध गराउने समेत जनाएको छ । यसअघि खोप लगाएकालाई पोष्ट रजिष्ट्रेसन अनिवार्य गर्ने व्यवस्था समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस