aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

कोभिसिल्ड खोप लगाएका व्यक्ति ९३ प्रतिशत सुरक्षित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० साउन २०७८
कोभिसिल्ड खोप लगाएका व्यक्ति ९३ प्रतिशत सुरक्षित

काठमाडौं । कोभिशिल्ड खोपको दुबै मात्रा लगाएका व्यक्तिहरुले ९६ प्रतिशत सुरक्षित हुने एक अध्ययनमा देखिएको छ । भर्खरैमात्र भारतका १५ लाख ९० हजारभन्दा धेरै स्वास्थकर्मी र फ्रन्टलाइन वर्कर्समाथि भएको अध्ययनअनुसार कोभिशिल्ड दुबै डोज लिइसकेका मानिस ९३ प्रतिशत सुरक्षित छन् । 

भारतिय सञ्चार माध्यमका अनुसार ब्रेक थ्रु इन्फेक्सन खोप लगाइसकेपछि हुने संक्रमण बारे भारतमा गरिएको यो अहिलेसम्मकै ठूलो अध्ययन हो । यस अध्ययनअनुसार खोप लगाइसकेपछि कोरोना हुने दर १ दशमलव ६ प्रतिशतमात्रै छ । अर्थात्, १ हजार मानिसमा केवल १६ जनालाई कोरोना हुनसक्छ । यो अध्ययन ‘द न्यु इङल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित छ । 

अनुसन्धानकर्ताहरुका अनुसार यसअघि गरिएका अध्ययनको स्याम्पल साइज १० लाखभन्दा कम थियो । भारतको नीति आयोगका सदस्य डाक्टर विके पालका अनुसार यो अध्ययन १५ लाखभन्दा धेरै डाक्टर र फ्रन्टलाइन कर्मचारीमा गरिएको थियो । ‘जसले कोभिशिल्ड खोपको दुई डोज लगाएका थिए । उनीहरुमा ९३ प्रतिशत सुरक्षा देखिएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस