aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

थप ४१०७ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० साउन २०७८
थप ४१०७ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४१०७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २९७५ जना र एन्टिजन परिक्षण गर्दा ११३२ जना गरि जम्मा ४१०७ जना नयाँ संक्रमित थपिएका हुन् ।      

आज थपिएका कोरोना संक्रमितमध्ये भक्तपुरका २०६ जना, ललितपुरका १६५ र काठमाडौंका ९०८ जना रहेका छन् ।  त्यस्तै, पछिल्लो २४ घण्टामा १५३५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३५ रहेको छ ।  

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा कोरोना संक्रमणदर २६.२ प्रतिशत रहेको जानकारी दिए । उनले कोरोना संक्रमणदर बढेसँगै अस्पताल आउनेको संख्या थपिएको बताए ।   
 

प्रतिक्रिया दिनुहोस