aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, आज पनि ३७ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, आज पनि ३७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३९३८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३००७ जना र एन्टिजन परिक्षण गर्दा ९३१ जना गरि जम्मा ३९३८ जना नयाँ संक्रमित थपिएका हुन् ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा २०१२ जना कोरोनामुक्त भएका छन् । यससंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ ।

त्यस्तै पछिल्लो केहि दिन यता कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ । आज कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ रहेको छ । हिजो मृतकको संख्या ३५ रहेको थियो । यससंगै हालसम्म मृत्यु हुनेको संख्या ९९९४ पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस