
काठमाडौं, वैशाख ९ । तारा एयरको ९ एन–एकेके कल साइन भएको विमान विहान ९ बजेर ३८ मिनेटमा रामेछापको मन्थली विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेपछि अहिले विमानस्थलमा उडान अवतरण रोकिएको छ । विमान अवतरणका क्रममा टायर पन्चर हुँदा हाइड्रोलिक ब्रेकको पाइप फुटेको बताइएको छ । जसका कारण विमान विमानस्गलको तारबारमा ठोकिएको थियो ।
क्याप्टेन पीजे शाहले उडाएको उक्त विमानमा १४ विदेशी यात्रु र तीनजना चालक दल सदस्य थिए। सबै जना सकुसल रहेको छ । विमान धावनमार्गमा नै रहेका कारण अन्य उडान रोकिएको बताइएको छ । विमान काठमाडौंबाट ८ बजेर ४९ मा लुक्लाका लागि उडेको सो विमान लुक्ला विमानस्थल मौसम खराबीका कारण बन्द भएकाले रामेछाप डाइभर्ट गरिएको थियो । अहिले लुक्ला जान पर्खिएर बसेका डेढ सयभन्दा बढी पर्यटक रामेछापमा रोकिएका छन् भने लुक्लामा पनि यात्रुहरु रोकिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस