aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

उदयपुरमा कोरोना सङ्क्रमित बढ्दै

  • रासस
    रासस
  • शुक्रबार, २२ साउन २०७८
उदयपुरमा कोरोना सङ्क्रमित बढ्दै

उदयपुर । जिल्लामा साउनको दोस्रो हप्तामा  कोरोना सङ्क्रमितको सङ्ख्या घटेर दुई सय पाँचमा झरेकामा तेस्रो हप्तामा आइपुग्दा ह्वात्तै बढेर ३१५ पुगेको छ । एक हप्ताका बीचमा सङ्क्रमित एक सयभन्दा बढी भएका छन् । स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित त्रियुगा, दोस्रो चौदण्डी र तेस्रो बेलका नगरपालिकामा रहेको कार्यलय प्रमुख मोहन सुवेदीले बताए ।  

लिम्चुङ्बुङ र ताप्ली गाउँपालिकामा पनि सङ्क्रमित बढिरहेको उनको भनाइ थियो । घटेर शून्यको अबस्थामा झरिसकेको सङ्क्रमण एक हप्तामै पुनः तीव्ररूपमा बृद्धि हुन थालेकाले त्रियुगा–२ को  खैजनपुर गाउँ शिल गरिएको छ, जहाँ १५ सङ्क्रमित छन् ।     

मालपोत कार्यलय, त्रियुगा र गाइघाटस्थित सिभिल बैंकका कर्मचारीमा समेत सङ्क्रमण देखिएकोमा मालपोत भने  एक हप्ताको लागि बन्द गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ४३ पुगेकामा ३१५ उपचारत छन् भने ५२ को मृत्यु भएको छ ।     

प्रतिक्रिया दिनुहोस