aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

थप ३७२९ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ साउन २०७८
थप ३७२९ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३७२९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४३० जना र एन्टिजन परिक्षण गर्दा १२९९ जना गरि जम्मा ३७२९ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल्लो २४ घण्टामा १८८५ जना कोरोनामुक्त भएका छन् । यससंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाबाट मृत्यु हुनेको संख्या २५ रहेको छ । यससंगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस