aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

एस्ट्राजेनेकाको पाँच लाख खोप नेपाल आइपुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ साउन २०७८
एस्ट्राजेनेकाको पाँच लाख खोप नेपाल आइपुग्यो

काठमाडौं । एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको छ । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडाँ आइपुगेको हो । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए ।

जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै भोलि थप तीन लाख खोप नेपाल आउने उनले जानकारी दिएका छन । जापानले दिने भनेको बाँकी खोप एक साताभित्र नेपाल आउने मन्त्रालयले जनाएको छ ।

शुक्रबार भुटानबाट पनि दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ । नेपालले खरिद गरेको खोप भारतले उपलब्ध नगराउँदा कोभिशिल्ड खोप लगाएका १४ लाख ५० हजार व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस