aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

तीन हजार २१८ सङ्क्रमित थपिए, उपत्यकामा मात्रै ७०१ सङ्क्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ साउन २०७८
तीन हजार २१८ सङ्क्रमित थपिए, उपत्यकामा मात्रै ७०१ सङ्क्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमूना परीक्षणमा आज थप तीन हजार २१८ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

एक हजार ७२२ सङ्क्रमणमुक्त 
पछिल्लो २४ घण्टामा एक हजार ७२२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ६७ हजार २७० जना पुगेको छ । नेपालमा निको हुने दर ९३।६ प्रतिशत  छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण १० हजार ३८ जनाको मृत्यु भइसकेको छ । नेपालमा सङ्क्रमणका कारण मृत्यु हुने दर एक दशमलव पाँच प्रतिशत रहेको छ ।

यसैगरी ७४६ जना सघन उपचारकक्ष ९आइसीयू० र १६९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यस्तै ३२ हजार २७ जना होमआइसोलेशन, तीन हजार ४०५ संस्थागत आइसोलेसन, ४४३ क्यारेन्टिनमा रहेका छन् ।  पछिल्लो २४ घण्टामा एक लाख ९१ हजार ३३९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा ७०१ सङ्क्रमित
काठमाडौँ उपत्यकामा आज थप ९१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना रहेका छन् । अघिल्लो दिन काठमाडौँ उपत्यकामा जम्मा ७०१ जना सङ्क्रमित थपिएका थिए ।

 शुक्रबार काठमाडौँमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना सङक्रमित थपिएका थिए । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४३२ जना रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस